यू–२० साफ फुटबल : माल्दिभ्सको राष्ट्रिय टोली काठमाडौँ आइपुग्यो

काठमाडौँ / आगामी भदौ २ गते देखि शुरु हुने यू–२० साफ फुटबल च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्न आज माल्दिभ्सको राष्ट्रिय टोली काठमाडौँ आइपुगेको छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा माल्दिभ्सको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे।
६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ।
नेपालको समूहमा बंगलादेश र श्रीलंका छन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
समूह ‘बी’मा भारत, माल्दिभ्स र भूटान छन्। भूटान, श्रीलङ्का र भारत यही साउन ३२ गते नेपाल आइपुग्नेछन् भने बंगलादेश भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ।
नेपाली टोलीमा जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन्।
राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, कुशल देउवा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी पनि नेपाली टोलीमा समावेश रहेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस