कर्पोरेट क्रिकेट लिग शनिबारदेखि

ललितपुर / कपार्रेट क्रिकेट लिगको पहिलो संस्करण शनिबारदेखि हुने भएको छ। भेट्रान्स फोर्टी प्रालिको आयोजनामा हुने कर्पोरेट लिगमा २० वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्नेछन् ।
ललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर मैदानमा हुने प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी पाउने आयोजकले जनाएको छ।
प्रतियोगितालाई गोदावरी स्टिल्सले मुख्य प्रायोजन गरेको छ। बुधबार आयोजक भेट्रान्स फोर्टीका सीईओ सन्तोष भण्डारी र गोदावरी स्टिल्सका बजार प्रमुख युवराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सहभागी हुने कुल २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, आइएमई ग्रुप, प्रभु बैंक, सलिको इन्स्योरेन्स रहेका छन्। यस्तै समूह ‘बी’ मा जगदम्बा समूह, एनआईसी एसिया बैंक, युनाइटेड अजोड इन्स्योरेन्स, लुम्बिनी बैंक र क्लाउड फ्याक्ट्री छन्।
समूह ‘सी’ मा आईसीएफसी फाइनान्स, डोग्मा ग्रुप, सानिमा जनरल इन्स्योरेन्स, क्वेस्ट फर्मा, नेपाल एसबीआई बैंक छन् भने समूह ‘डी’ मा केआईईसी, राष्ट्रिय वाणिज्य बैंक, प्राइम बैंक, अम्बे समूह र कर्मचारी सञ्चय कोष छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस