सुनको मूल्य बढ्यो : छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार
काठमाडौं / नेपाली बजारमा सुनको मूल्यले हालसम्मको रेकर्ड ब्रेक गरेको छ
आज सुन तोलामा २१ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।
यस्तै चाँदीको मूल्य आज तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ।