योपल्ट नेपाललाई चुनौती दिनेछौँ : पारो फुटबल क्लबका प्रशिक्षक

काठमाडौँ / पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले योपटक राम्रो तयारी र बलियो टोलीसहित एएफसी च्यालेन्ज लिग प्लेअफमा आफ्नो टोलीले निकै चुनौती दिने बताएका छन्। साउन २९ गते दशरथ रंगशालामा भूटानको लिग च्याम्पियन पारो र नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदै छ।
सोही प्लेअफ खेल्न नेपाल आइपुगेको पारोका प्रशिक्षक शर्माले आफ्नो टोली बलियो रहेको विश्वास गरेका थिए। तीनपटक विश्वकप खेलेका जापानी खेलाडी केइसुके होण्डाको आगमनले अन्य खेलाडीलाई पनि प्रोत्साहन मिलेको उनले बताए। प्रशिक्षक शर्माले होण्डाले टोलीलाई मजबुत बनाएको विश्वास व्यक्त गरे।
पारोका कप्तान किन्ले वाङचुकले पछिल्लो भ्रमणमा राम्रो हुन नसकेको उल्लेख गर्दै योपल्ट राम्रो तयारीका साथ नेपाल आएको बताए। अहिले भुटानमा लिग खेलेर आएकाले टोली सन्तुलित रहेको र होण्डाको आगमनले टोली थप मजबुत बनेको उनको विश्वास छ। त्यसैले यसपल्ट आफ्नो टोलीले जित्ने पारोका कप्तान वाङचुक बताउँछन्।
उनले टोली बनाउन क्लबले धेरै लगानी गरेकाले आफूहरू केही दबाबमा पनि हुने उल्लेख गरे। लामो समयदेखिको तयारी र धेरै विदेशी खेलाडी भएकाले पनि प्रदर्शन राम्रो हुने उनको आशा छ। कप्तान किन्ले आफ्नो टोली कृत्रिम टर्फमा खेलेको र १-२ दिनको तयारीमा दशरथ रंगशालामा समन्वय हुन कठिन हुने बताए।
चर्च ब्वाइजले पनि शुक्रवार मात्र पत्रकार सम्मेलन गरेर प्रारम्भिक चरणको खेलमा राम्रो प्रदर्शन गर्ने बताएको थियो। यद्यपि पारोमा ११ जना विदेशी खेलाडी रहेकाले केही सचेत भएर खेल्नुपर्ने चर्च ब्वाइजका प्रशिक्षकको भनाइ थियो।
उनले अधिकांश नेपाली सिनियर राष्ट्रिय टोलीमा रहेका खेलाडलाई क्लबमा आबद्ध गरिएको उल्लेख गर्दै टिम कम्बिनेसन पनि राम्रो भएको उल्लेख गरे।
च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दै छन्। सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भूटानी लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय छ।
दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन्। अघिल्लो सिजनमा नेपालको क्लब मच्छिन्द्रले पाराले हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो। यद्यपि, योपटक एएफसीले प्रारम्भिक चरणमा जति पनि विदेशी खेलाडी राख्ने पाउने नियमका कारण केही कठिन हुने चर्च ब्वाइजका प्रशिक्षक महर्जनको भनाइ छ।
राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा चर्च ब्वाइजले खेल्दै छ। एरिक विष्ट, अञ्जन विष्ट र आयुष घलानजस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडीलाई चर्च ब्वाइजले अनुबन्धित गरिसकेको छ। चर्च ब्वाइजमा तीन विदेशी खेलाडी छन्। पारो एफसीले जापानबाट तीनवटा विश्वकप खेलिसकेका केसुकी होन्डालाई अनुबन्धित गरेको छ।
युरोपियन क्लब एसी मिलानलगायतबाट खेलिसकेका ३८ वर्षे होन्डाले सन् २०१८ देखि २०२३ सम्म कम्बोडियाको राष्ट्रिय टोलीको प्रशिक्षण समालेका थिए। पारोले उनीबाहेक सर्बियाका गोलकिपर मिलोस सुपिच, जापानी विंगर कोकी नारितासँगै सर्बियाका अन्य दुई खेलाडी, नेपालबाट उत्कृष्ट प्रदर्शन गरिसकेका विलियम ओपोकीसहित घानाका तीन खेलाडीलाई टोलीमा समावेश गरेको छ।
चर्च ब्वाइज युनाइटेडमा अनन्त तामाङ (कप्तान), एरिक विष्ट (उपकप्तान), अञ्जन विष्ट, आयुष घलान, लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्रसिंह थापा, रेम्बोकुमार चौधरी, सञ्जीव विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की, विवेक पौडेल, निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनीषकुमार जर्घा, आदित्य शाक्य, ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया), मोजेस ग्याबा त्वाम (घाना) छन्।
पारोसँगको खेलका लागि जनरल पारापिटतर्फ दुई र भिआइपीतर्फ पाँच सय रुपैयाँ टिकट मूल्य तोकिएको क्लबले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस