माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं / नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार समेत जारी रहनेछ। बैठक बिहान ११ बजे देखि पार्टी मुख्यालय पेरिसडाँडामा शुरु हुनेछ।
शुक्रबार शुरु भएको बैठकमा नेताहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए भने संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबीच भएको सहमतिबारे जानकारी गराएका थिए।
संघ र सबै प्रदेशमा सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्र जनतामा जाने तयारी गरिरहेको छ । त्यसैको तयारीस्वरूप माओवादीले स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस