टीआरसी विधेयक आजै संसदीय समितिबाट पारित हुने

काठमाडौं / संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकलाई आज संसदीय समितिबाट पारित गर्ने तयारी थालिएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्न प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्ने छ।
समिति सदस्य महेश बर्ताैलाले शीर्ष तहबाटै टुंगिसकेकाले विधेयक समितिबाट आजै पारित हुने सम्भावना रहेको बताए। समितिबाट प्रतिवेदनसहित पारित हुने विधेयकलाई आगामी २९ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ ।
२०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता भएर १५ महिनादेखि समितिमा अलपत्र विधेयकमा प्रमुख तीन दलको कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण गरेको थियो। मुख्य विवादित विषयमा सहमति भएसँगै संसदको चालू अधिवेशनबाटै यो विधेयक पारित गर्ने तयारी गरिएको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस