आज ६ वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं / संघीय संसद्अन्तर्गत ६ वटा समितिको बैठक बिहीबार बस्दैछ।
अर्थ समितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ। बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान ११ बजे नै बोलाइएको छ। बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्ने कार्यसूची छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातात्विक महत्त्वका सम्पदाको अवस्था, ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। साढे १२ बजे बस्ने बैठकमा पुरातत्व विभागका महानिर्देशकलाई बोलाइएको छ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुनेछ। सो समितिको बैठक बिहान ११ बजे नै बस्नेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। सो बैठक दिउँसो साढे १ बजे बस्नेछ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा डेंगी, हैजालगायतका सरुवा रोग संक्रमणको हालको अवस्था, नियन्त्रणका लागि मन्त्रालय र यस अन्तर्गतका निकायबाट भएका कामकारबाही, समस्या र भावी कार्ययोजना तथा समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजनामा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस