मधेशमा पाँच जना राज्यमन्त्री थपिँदा मन्त्रीको संख्या २० पुग्यो

जनकपुरधाम / मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार सरकारमा ५ जना राज्यमन्त्री थपेका छन्।
मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २ र नेकपा एमाले, जनमत पार्टी र लोसपाका एक/एक राज्यमन्त्री थपेका छन्। एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री नियुक्त गरिएको छ।
कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र नीलमकुमारी रजकलाई ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।
नवनियुक्त पाँचवटै राज्यमन्त्रीलाई मधेश भवनमा मंगलबार प्रदेश प्रमुख, सभामुखको उपस्थितिमा मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
आज ५ जना राज्यमन्त्री नियुक्त भएका छन्। १२ मन्त्रालय रहेको मधेशमा ५ जना थपिँदा मन्त्रीको संख्या २० पुगेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस