बुधबार गृहमन्त्री रमेश लेखकसमेत उपस्थिति भएको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दैलामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने आफ्नो अनुभूति अभिव्यक्त गरेका हुन्।
सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिएका थिए। उनले वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुई तिहाई बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका कामहरु गर्न सकिने अवस्था रहेको बताए।
सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा शुरु गरेको राम्रो कामलाई निरन्तरता दिन पनि गृहमन्त्री लेखकसँग आग्रह गरे।
उनले भने, ‘मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक छ। मन्त्रीज्य बच्नुहोला। प्रहरी सक्षम छ, क्षमतावान छ। अब तपाईहरुसँग तागत पनि छ, शाहस पनि छ। प्रहरीलाई आफ्नो काम गर्न दियो भने उसले सम्पूर्ण चिजको छानविन गर्न सक्छ। सम्पूर्ण चिजलाई अगाडि बढाउन सक्छ।’
सभापति लामिछानेले आफूले गृहमन्त्रीको रुपमा धेरै काम गर्न नसके पनि इमान्दार प्रयास भने गरेको जिकिर गरे।