पेरिस ओलम्पिक : सेमिफाइनल प्रवेशका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

काठमाडौं / पेरिस ओलम्पिक फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। समूह चरणका अन्तिम खेलसँगै अन्तिम आठमा पुग्ने टिमको तय भएको हो।
मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले युक्रेनलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपविजेता बन्दा मोरक्कोले इराकलाई हराउँदै विजेताका रूपमा क्वाटरफाइनलमा पुग्यो।
त्यस्तै, समूह ‘ए’ मा फ्रान्सले जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनायो।
फ्रान्सले समूह ‘बी’ को उपविजेता अर्जेन्टिनासँग क्वाटरफाइनलमा भिड्ने तय भएको हो।
त्यस्तै, समूह ‘सी’ मा इजिप्टले स्पेनलाई हराएर समूह विजेता बन्दा स्पेन उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गर्यो।
समूह ‘डी’ मा जापान विजेता र पाराग्वे उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए। अब क्वाटरफाइनलका खेलहरू शुक्रबार हुनेछन्। ओलम्पिकमा यू–२३ टिमले सहभागिता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस