एसइई मौका परीक्षाको तयारी पूरा, करिब दुई लाखले परीक्षा दिने

काठमाडौं / माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा (ग्रेडवृद्धि) का लागि देशभर ५ सय ५० परीक्षा केन्द्र तोकिएको छ। यही साउन २३ गतेदेखि हुने एसइई परीक्षा (ग्रेडवृद्धि) अर्थात् मौका परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको हो।
२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको एसइई परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक परीक्षा यहि साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुँदै छ। उक्त मौका परीक्षामा करिब दुई लाख विद्यार्थीहरू सहभागी हुँदै छन्।
०८० को एसइई परीक्षा गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन ५ लाख ४ हजार विद्यार्थीले फाराम भरे पनि ४ लाख ६७ हजार ७८५ जनाले मात्रै परीक्षा दिए। परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित थिए। प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका थिए।
लेटरग्रेडिङ लागू गर्दा ४८ प्रतिशतमात्रै उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते एसइईको नतिजा सार्वजनिक गरेको थियो। तर सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए। ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना फेल (एनजी) भए।
बोर्डले ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने निर्णय गरेको थियो। जसअनुसार धेरै विद्यार्थीहरू फेल भएपछि सरकारको चर्को आलोचना भयो। त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा दुईभन्दा बढी विषयमा एनजी अर्थात् नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको थियाे। जसअनुसार ती सबै ननग्रेडेड भएकाले मौका परीक्षा दिन पाएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस