बागमती प्रदेशमा भागबण्डा मिलाउन मन्त्रालय बढाएर मन्त्रिपरिषद् विस्तार

काठमाडौं / बागमती प्रदेशमा भागबण्डा मिलाउन मन्त्रालय बढाएर मन्त्रिपरिषद् विस्तार गरिएको छ। आज मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसबाट चार मन्त्री थप्दै १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका हुन्। उनीहरुलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रिहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन्।
जसअनुसार मुख्यमन्त्री लामाले हरि प्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र विमला ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी सुम्पेका छन्।
कांग्रेसकै कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउँदा श्याम खड्काले खानेपानी ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी पाएका छन्। कांग्रेसका सांसद मदुकुमार श्रेष्ठ विनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका छन्।
जसअनुसार कांग्रेसले मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न नसक्दा अब एक मन्त्रालय विभाजन गरेर श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस