विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं / सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउँने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डा आधा झुकाउने निर्णय गरेको हो।
बुधबार बिहान पोखरा जान लागेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो। विमानमा रहेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो। सामान्य घाइते अवस्थामा उद्धार गरिएका विमानका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको छ।
दुर्घटनाबारे अध्ययन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस