माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति

कास्की / कास्की जिल्लामा अवस्थित माछापुच्छ्रे गाउँपालिकाको ३८ वटा सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया शुरु गरेको छ। पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।
गाउँपालिकाले आधारभूत तह (१-५०) का लागि १८, आधारभूत तह (६-८) का लागि १० र माध्यमिक तह (९-११) का लागि चार र माध्यमिक तह (११-१२)का लागि ६ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।
विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अंकका आधारमा विद्यालयमा प्रधानाध्यापक छनोट गर्ने सूचनामा उल्लेख छ।
प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन पनि भएको छ।
-रासस
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस