नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्री ओलीको बधाइ

काठमाडौं / नेपालले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड प्राप्त गरेको हो। उक्त अवार्ड पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई बधाई दिएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी राम्रो क्रिकेट खेलिरहेका छौं, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौं। यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्। यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ। बधाई नेपाली।’
आईसीसीले नेपालसहित ६ देशलाई आईसीसी डेभलपमेन्ट अवार्ड प्रदान गरेको हो। आईसीसीले नेपालसहित ओमान, नेदरल्यान्ड्स, यूएई, मेक्सिको र स्कटल्यान्डलाई डेभलपमेन्ट अवार्डले सम्मानित गरेको हो। क्रिकेट खेलको विकासका लागि आईसीसीका एसोसिएट सदस्यले गरेका कार्यक्रमलाई प्रोत्साहन गर्न आइसीसीले अवार्ड दिने गरेको छ। नेपाललाई आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड पनि दिइएको छ।
यसअघि नेपालले यही विधामा एसिया क्षेत्रको अवार्ड पाएको थियो। पछिल्लो वर्ष सामाजिक सञ्जालमा नेपालको फ्यानबेस ४ सय प्रतिशतभन्दा बढीको पहुँचमा पुगेको छ।
जसका कारण नेपालको क्रिकेट देश र देश बाहिरका दर्शकमाझ पुगेर प्रचार भएको आईसीसीको ठहर छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस