अल्पमतमा परेपछि संसद नै विघटन गर्नेले मलाई नैतिकता सिकाउने? : प्रचण्ड

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग डराएर नेपाली कांग्रेस र नेकपा एमाले मिलेको आरोप लगाएका छन्।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरूलाई र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको भन्दै व्यंग्य गरे।
उनले अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताए। संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका हुन्।
एक महिना विश्वासको मत लिन पाउने संवैधानिक अधिकारको प्रयोग गरेको बताए। उनले नैतिक आधारमा अल्पमतमा परिसकेपछि आफूलाई लामो समय विश्वासको मत नलिई बस्न रुची नरहेको भएकाले नै १० दिनभित्रै विश्वासको मत लिएको जिकिर गरे।
प्रधानमन्त्री दाहालले पश्चगामी सोच लिएर कांग्रेस र एमाले मिलेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस