सुमना श्रेष्ठको स्पष्टीकरण : कुनै पनि देशको पीआर वा नागरिकता लिएको छैन

काठमाडौँ / रास्वपा सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कुनै पनि अन्य देशको पीआर वा नागरिकता नलिएको स्पष्टीकरण दिएकी छिन्। आज उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै स्पष्टीकरण दिएकी हुन्।
युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र काटेको थियो। श्रेष्ठले आफू नेपालकै नागरिक रहेको स्पष्ट पारेकी छिन्।
‘म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन, ट्याब्लोइड सञ्चारमाध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिनँ तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकाले जवाफ दिएकी छु, आरोप आफैंमा अस्पष्ट छ, कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, छानबिनमा पूरा सहयोग गर्नेछु’, उनले भनेकी छिन्।
उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो वेला ल्याइयो भन्दै युरोपियन देशको पीआर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे केही प्रकाश पारिदिन पनि आग्रह गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस