पहिरोका कारण सिस्नेरी दक्षिणकाली सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

मकवानपुर / हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको सिस्नेरी दक्षिणकाली सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गएराति देखि भएको अविरल वर्षाका कारण पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो।
वर्षाको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- २ स्थित छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठुलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीले जनाएको छ।
बाटो चांडै सुचारु गर्न सडक डिभिजन कार्यालय मकवानपुर र इन्द्र सरोवर गाउँपालिकाबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस