नेपालको राजनीतिलाई अस्थिर बनाउन क्रियाशील तत्वद्वारा रास्वपामा आक्रमण

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको चरम कमजोरी देखाएर निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको राजनीतिक प्रतिवेदन सार्वजनिक भएसँगै पार्टीभित्र सङ्कट चुलिदै गएको छ भने उनले नै तयार गरेको राजनीतिक प्रतिवेदन पार्टीले नै सार्वजनिक गरेपछि उक्त प्रतिवेदनमाथि सर्वत्र चासो बढ्न थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेका धेरै कमजोरी देखाईएको प्रतिवेदन सार्वजनिक भएपछि आमसञ्चार माध्यमहरुका साथै सामाजिक सञ्जालहरुमा बहसको पारो उच्च विन्दुमा पुग्न थालेको छ ।
यस विषयमा राजनीतिक विश्लेकहरुका धारणाहरु पनि धमाधम आउन थालेका छन् । प्रतिवेदन तयार गर्ने क्रममा पार्टीका विभिन्न तहका कार्यसमितिका पदाधिकारीहरु र सर्वसाधारणासँगको अन्तरक्रिया र छलफलहरुका माध्यमबाट गरिएको अध्ययनअनुसार पार्टी सभापति लामिछानेले आमसञ्चारकर्मीका रुपमा आमसञ्चार माध्यममा बोले जस्तै गरी जनतालाई दिने आश्वासनहरु पनि बढाउँदै सस्तो लोकप्रियता कमाउने गरेको सन्देश जनस्तरमा बाँडिएको डा. ढकालको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसबाट नेपालको छोटो समयमावधिमा उदाएको पार्टीले जनस्तरमा देखाएको राजनीतिक भरोषामा समेत प्रश्न चिन्ह खडा भएको राजनीतिक अगुवाहरुले सार्वजनिक रुपमा प्रतिक्रिया दिन थालेका छन् । रास्वपाभित्रको वर्तमान सङ्कटका विषयमा राजनीतिक जानकारहरुले सार्वजनिक रुपमा ब्यक्त गरेका धारणाहरुलाई हेर्ने हो भने पार्टी सभापति लामिछानेका विश्वासका पात्र डा. ढकालले पार्टीलाई बलियो र दीर्घकालसम्म सञ्चालन गर्न सकिने अस्त्रका रुपमा यस किसिमको अध्ययन गरी प्रतिवेदन तयार पारेका हुन सक्छन् तर पार्टीका केन्द्रीय कार्यसमितिका अधिकारीहरुले यसलाई गलत रुपमा लिएर डा. ढकाललाई पार्टीबाट पञ्छाउने दाउका रुपमा लिएको पनि नेपाली राजनीतिक बृत्तमा चर्चा बढेर गएको छ ।
छोटो समयमा नै लोकप्रिय बन्न सफल नेपालको वैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पाटीईलाई सिध्याउन नेपालको राजनीतिलाई अस्थिर बनाउन क्रियाशील तत्वद्वारा पार्टीभित्र यस किसिमको षड्यन्त्र गरेर सङ्कट उब्जाइएको हुन सक्ने जानकारहरुले बताउन थालेका छन् । सरकारका उपप्रधान एवं गृहमन्त्री पदमा रहेका पार्टी सभापति रवी लामिछानेविरुद्ध चलाईएका मुद्दाहरुमा भइरहेका अदालती प्रकृयामा समेत विवाद चुलिदै गएकोको अवस्थालाई पार्टीभित्र उब्जिएको विवादसँग जोडेर चर्चा गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस