प्रचण्ड भेट्न बिहानै बालुवाटार पुगे ओली
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीलाई भेट्न ओली बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ।
सत्ता समीकरण फेरिने हल्ला चल्न थालेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ।
आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो।