कोपा अमेरिका : मार्टिनेज चम्किँदा पेरुमाथि अर्जेन्टिनाको जित

काठमाडौं / कोपा अमेरिका फुटबलमा अर्जेन्टिना अपराजित रहेको छ।

तीन खेलमा तीनै खेल जित्ने क्रममा अर्जेन्टिनाका लाउटिरो मार्टिनेज चम्किँदा पेरुलाई २-० ले हरायो। आज बिहान अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा मार्टिनेजले ४७औँ मिनेटमा र ८६औँ मिनेटमा गोल गरे। अधिकाश‌ं समय बल पोजिन आफ्नो पक्षमा पारेको अर्जेन्टिनाको यो जितसँगै ९ अंकका साथ ग्रुप ए बाट क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

Advertisement:

आजै भएको अर्को खेलमा क्यानडाले चिलीलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो। ग्रुप ए बाट चिली र पेरु भने समूह चरणबाटै बाहिरिए।

प्रतिक्रिया दिनुहोस् :