कोपा अमेरिका : ब्राजिलसँग पाराग्वे पराजित

कोपा अमेरिका फुटबलमा ब्राजिलले पाराग्वेविरुद्ध फराकिलो जित निकालेको छ। आज केहीबेरअघि सम्पन्न समूह डीको खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको हो।
ब्राजिलका लागि भिनिसियस जुनियरले २ तथा साभियो र लुकास पक्वेटाले एक–एक गोल गरे। पहिलो हाफमा ३-० गोलले पछि परेको पाराग्वेका लागि ४८ औँ मिनेटमा ओमार अल्डेरेटले शान्त्वना गोल फर्काएका थिए । खेलको ८१ औँ मिनेटमा आन्द्रेस कुबासले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० जनामा सीमित भएको पाराग्वे यो हारसँगै समूह चरणबाटै बाहिरिएको छ।
पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको ब्राजिलले भने क्वार्टरफाइनलको सम्भाविता बलियो बनाएको छ। यसअघि आज बिहान भएको समूह डी कै खेलमा कोस्टारिकालाई ३–० गोलले पराजित गर्दै कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
३१औँ मिनेटमा लुइस डियाजले पेनाल्टीमार्फत् गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए भने खेलको ५९ औँ मिनेटमा डेभिन्सन सान्चेज र ६२ औँ मिनेटमा जोन कोर्डोबाले गोल गर्दै ३–० गोलको जित सुनिश्चित गरे । कोपा अमेरिका फुटबलमा भोलि बिहान अर्जेन्टिना र पेरु तथा क्यानडा र चिलीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस