युरोकप : फ्रान्स र नेदरल्याण्ड्सबीच गोलरहित बराबरी

germany-nedarland

युरोकप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले गोलरहित बराबरी खेलेका छन्।

जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत लाइप्जिङ रंगशालामा भएको खेलमा समूह डीका यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। एक-एक बाँडेसँगै दुवैको समान चार-चार अंक भएको छ।

Advertisement:germany-nedarland

यो खेलमा फ्रान्सका स्टार खेलाडी चोटका कारण केलियन एम्बाप्पे भने मैदान प्रवेश गरेनन्। समूह डीकै अर्को खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३-१ गोलले पराजित गरेको छ।

अस्ट्रियाको जितमा जेनोट ट्रनियर, क्रिस्टोफ बमगार्टनर र मार्को अर्नाटोभिकले एक-एक गोल गरे। पोल्याण्डका लािग क्रिजस्टोफ पियाटेकले सान्त्वना गोल फर्काए । जितसँगै दुई खेलबाट अष्ट्रियाले तीन अंक जोडेर तेस्रो स्थानमा छ। पराजित पोल्याण्ड भने युरोको समूह चरणबाटै बाहिरीएको छ।

 

प्रतिक्रिया दिनुहोस् :