बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई काँग्रेसको समर्थन
काठमाडौँ / नेपाली काँग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रमा गएर बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कामलाई समर्थन गरेकी छन्।
मंगलबार मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।
‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिन पछि सेलाउने र मन बुझाउने खालको मान्छे ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (च्यात्दै) हुर्याउने मन छ । उनले भने, ‘तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ (पोडियम) राख्छु मैले।’
सामान्य लाज घिन पनि नराखेर राज्य स्रोतमाथि मनपरी गरिएको भन्दै लिङ्देनले कति दिन सहेर बस्ने भनेर प्रश्न गरे।
उनले जिल्लाको नाम धेरै राखेको भनेर टिप्पणी हुन्छ भनेर ठेगाना समेत नलेखेर योजनामा बजेट राखिएको भन्दै आक्रोश व्यक्त गरे। अहिलेको व्यवस्था र राज्य संरचना नै असफल बनाउन स्वयम् नेताहरु लागेको उनको तर्क थियो।
‘कसैको निर्वाचन क्षेत्रमा तपाईंको मन्त्रालयबाट एउटा पनि योजना पर्नु नपर्ने, एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण हो ? कुन विधि कुन तरिकाले हो ? यो कुरा भन्नुपर्यो, थाहा दिनुपर्यो नि ।’ उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई लक्षित गर्दै लिङ्देनले भने, तपाईंले बजेट बनाउँदा सँगसँगै विधि पनि भत्काउनुभएको छ। अब अर्कोले पनि मन्त्री बन्न ढुकेर बस्नु पर्यो । बनेपछि त्यसै गर्नुपर्यो । तपाईंले देशमा विधि भत्काउने काम गर्नुभएको छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ट्रंकलाइन विवाद : विद्युत् महसुल नबुझाउने उद्योगको लाइन काट्न थालियो
-
२.
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
-
३.
कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या
-
४.
‘दाना’ चक्रवातको असर नेपालमा पनि, यी स्थानमा वर्षाको सम्भावना
-
५.
अन्डर सेभेन्टिन एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै