टी-२० विश्वकप : नामिबियामाथि इंग्ल्याण्डको जित

जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा डिफेण्डिङ च्याम्पियन समेत रहेको इंग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा नामिबियाविरुद्ध ४१ रनको जित हात पारेको छ ।
गएराति भएको खेलमा समूह-बी को इङ्ल्याण्डले नामिबियाविरुद्ध जित निकाल्दै सुपर एटको सम्भावनालाई जीवित राखेको हो । तर उसको सुपर एटमा पुग्ने नपुग्ने अष्ट्रेलिया र स्कटल्याण्डबीचको खेल पछि मात्र थाहा हुने छ । अष्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा मात्र इङ्ल्याण्ड सुपर एटमा पुग्नेछ ।
वर्षाले प्रभावित हुँदा १० ओभरमा झारेर खेलाइएको इङ्ल्याण्ड र नामिबियाबीचको खेलमा नामिबियाले टस जितेर बलिङ रोजेको थियो । इंग्ल्याण्डले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२२ रन बनाए पनि डिएलएस पद्धतिबाट १ सय २६ को टार्गेट बनाइदिएको थियो ।
जवाफी ब्याटिङमा आएको नामिबियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रन मात्र जोड्न सक्यो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस