मौसम : कोशीमा मेघगर्जन र चट्याङसहित वर्षा, काठमाडौंको तापक्रम ३३ डिग्री पुग्ने

weather-mausam-tatokhabar-tato-khabar-tattatokhabar

काठमाडौं / मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

Advertisement:weather-mausam-tatokhabar-tato-khabar-tattatokhabar

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

विभागका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकाको मौसम

काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार उपत्यकाको तापक्रम  ३१ देखि ३३ डिग्रीसम्म पुग्नेछ।

बुधबार ३४.४ डिग्री सेल्सियस मापन भएको थियो । मौसमविद् गोविन्द झाका अनुसार स्थानीय वायुको प्रभावले  उपत्यकामा अपराह्नतिर केही स्थानमा छिटफुट वर्षाको सम्भावना छ। शनिबारदेखि आंशिक बदली हुनेछ ।

मनसुन भित्रिन भने अझै केही दिन लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस् :