ललितपुरमा श्रमाधान रोजगार मेला शुरु

ministry-of-labour-employment-and-social-security

काठमाडौं / ललितपुरमा मंगलबार ‘श्रमाधान रोजगार मेला’ शुरु हुँदैछ । पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ । मेलामा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसहितको उपस्थित हुनेछ ।

मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले गर्नेछन् । बुधबार सम्पन्न हुने मेलामा ८० निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहनेछन् ।

Advertisement:ministry-of-labour-employment-and-social-security

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बागमती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले रोजगारीको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोसेढुङ्गा साबित हुने बताए ।

‘मेलाले रोजगारी मात्रै हैन, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी ल्याउने, सीपमा निखारता कसरी ल्याउने भन्नेबारेमा पनि जानकारी दिनेछ’, उनले भने ।

यही जेठ १७ गते कोशी प्रदेशमा शुरु भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशमा बुधबार सम्पन्न हुन लागेको हो । मेला प्रत्येक प्रदेशमा दुई/दुई दिन सञ्चालन भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application