वीरगञ्जका विद्यालयमा बिहान साढे १० बजेसम्म पठनपाठन सकाउन निर्देशन

student-writing

पर्सा / वीरगञ्ज महानगरपालिकाले गर्मी बढेसँगै बिहान साढे १० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ ।

आइतबार बसेको महानगरको बैठकले तराई-मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै पठनपाठन बिहानै सक्न निर्देशन दिएको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानै कक्षा सञ्चालन गराउन निर्देशन दिएको बताए ।

Advertisement:student-writing

‘महानगरपालिकाको आइतबार बसेको बैठकले हाल शिक्षणको समयावधिमा हुने बिदाको मिलान पछि गर्नेगरी अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान १०ः३० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न-गराउन भनिएको छ’, उनले भने ।

वीरगञ्ज महानगर क्षेत्रमा यसअघि बिहान ६ बजेदेखि बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो। महानगरले गत वैशाख २० गतेदेखि बिहानी सत्रमा पठनपाठन गराउँदै आइरहेको थियो । महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले अत्यधिक गर्मीका कारणले जेठ १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन बन्द गरिएको थियो  ।

महानगरमा सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ १३८ विद्यालय छन्। सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application