इजरायलमा रहेका नेपालीहरुका लागि सहायता कक्षा सञ्चालन गरिने

israil ma nepali

जेरुसेलम-इजरायल, २५ जेठ / इजरायलमा रहेका नेपालीहरुका लागि कानून तथा विभिन्न समस्याको सहयताका लागि सहायता केन्द्र सञ्चालन गर्न लागिएको छ । एनआरएनएसीसीले इजरायलले उक्त सहायता केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।

संस्थाले विहिवार एक सूचना जारी गर्दै इजरायलमा रहेका नेपालीहरुलाई ७ जुन २०२४ शुक्रवारदेखि एनआर एनएएनसीसी इजरायलको सम्पर्ककक्षा रहने जानकारी दिएको छ । इजरालयस्थित आप्रवासनमा रहेका नेपालीहरुलाई कानूनलगायत सबै प्रकार समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त केन्द्रमा आफ्ना समस्याहरु जानकारी गराउन सम्बन्धित सबैमा संस्थाले सोही सूचनामार्फत जानकारी गराएको छ ।

Advertisement:israil ma nepali

एनआरएनएसीसीले इजरालयमा रहेका नेपालीहरुले जानेर वा नजानेर भोग्नु परेको समस्यामा परमर्श प्रदान गर्ने तथा समाधानका लागि सहजीकरण कार्य गर्न लागेको पनि जानकारी दिएको छ । सम्पर्क केन्द्रलाई उद्देश्यअनुरुप काम गर्न विज्ञहरुको सुझावको पनि माग गरिएको छ । हाकेरेनको कार्यालय रहेको भवनको भूमिगत कक्षमा हरेक दिन दिनको विहान १०.३० बजेदेखि ४ बजेसम्म सहायता तथा सम्पर्क कक्ष सञ्चालन गरिने पनि एनआरएनएसीसी इजरायलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application