मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय

Satish-singh

जनकपुरधाम / जनमत पार्टीका सांसद सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको छ ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टी सचिव विपी साहले जानकारी दिए ।

Advertisement:Satish-singh

मधेसमा जनमनको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति भइसकेको छ ।

संसदीय दलका नेता महेशप्रसाद यादवलाई रोकेर जनमत पार्टीले अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । उी सप्तरी क्षेत्र-२ (क)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।  सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेसमा नयाँ राजनीतिक समीकरण बनेको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपाका नेता यादवले हिजो प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको हो । मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा जम्मा ५० मतपरेको थियो भने विपक्षमा ५३ मत परेको थियो । १०७ सदस्यीय मधेश प्रदेशसभाको हिजोको बैठकमा १०३ सांसद उपस्थित थिए ।

यादव २०७९ पौष २७ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यादव नेतृत्वको सरकार ढलेस‌ँगै झण्डै साढे ६ वर्षको अवधिपछि जसपा नेपाल मधेस सरकारबाट बाहिरिएको छ । अघिल्लो प्रदेश सभामा जसपा नेपालकै लालबाबु राउतले ५ वर्ष नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application