मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय

जनकपुरधाम / जनमत पार्टीका सांसद सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको छ ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टी सचिव विपी साहले जानकारी दिए ।
मधेसमा जनमनको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति भइसकेको छ ।
संसदीय दलका नेता महेशप्रसाद यादवलाई रोकेर जनमत पार्टीले अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । उी सप्तरी क्षेत्र-२ (क)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् । सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेसमा नयाँ राजनीतिक समीकरण बनेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपाका नेता यादवले हिजो प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको हो । मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा जम्मा ५० मतपरेको थियो भने विपक्षमा ५३ मत परेको थियो । १०७ सदस्यीय मधेश प्रदेशसभाको हिजोको बैठकमा १०३ सांसद उपस्थित थिए ।
यादव २०७९ पौष २७ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यादव नेतृत्वको सरकार ढलेसँगै झण्डै साढे ६ वर्षको अवधिपछि जसपा नेपाल मधेस सरकारबाट बाहिरिएको छ । अघिल्लो प्रदेश सभामा जसपा नेपालकै लालबाबु राउतले ५ वर्ष नेतृत्व गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस