टी-२० विश्वकप क्रिकेटमा भारतको सहज जित

Indian-cricket-teem

काठमाडौं / आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ ।

बुधबार अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुआत गरेको हो ।​

Advertisement:Indian-cricket-teem

आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि कप्तान रोहित शर्माले ५२ र ऋषभ पन्तले ३६ रन बनाए ।

बलिङतर्फ आयरल्याण्डका मार्क ऐडेयर र बेन व्हाइटले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाएको थियो । उसका लागि ग्यारेथ डेलानीले २६, जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन बनाए ।

आयरल्याण्डलाई सस्तैमा समेट्न भारतका हार्दिक पाण्डेयले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २/२ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १/१ विकेट लिए । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोलीको यो पहिलो खेल रहेको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application