यू-१९ छनोट : बैतडीको दोस्रो जित, डोटी ६ विकेटले पराजित

baitadi-cricket-u19-qualify-match

बैतडी /  बैतडीका कप्तान नरेन भट्टको शतकमा वाई वाई यू-१९  एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा दोस्रो खेल पनि जितेको छ। दोस्रो जितका क्रममा आज बैतडीले डोटीलाई ६ विकेटले पराजित गर्‍यो ।

जितका लागि पाएको १६१ रनको लक्ष्य बैतडीले २४ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

Advertisement:baitadi-cricket-u19-qualify-match

जसमा कप्तान नरेनले अविजित १११ रनको शतकीय पारी खेले। नरेन जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

डोटीका आयुश द्वारिया, प्रकाशराज जोशी, सौर्य श्रेष्ठ र आयुश खड्काले १/१ विकेट हात पारे ।

त्यसअघि परशुराम नगरपालिका-१२ स्थित जोगबुढा रंग मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डोटी ३८ ओभर ३ बलमा १६० रनमा अलआउट भयो। उसका लागि योगेश सुतारले ४४ र आयुश द्वारियाले ४३ रन बनाए ।

बैतडीका सचिन भट्ट र कल्पेश चन्दले ३/३ र आकाश चन्दले २ विकेट झारे ।

बैतडीका कप्तान नरेन भट्ट खेलका म्यान अफ द म्याच चुनिए ।

यसअघि बैतडीले पहिलो खेलमा दार्चुलालाई २०९ रनको ठूलो अन्तरले पराजित गरेको थियो ।

दोस्रो जितसँगै बैतडी अंकतालिकाको शीर्ष स्थानमा रहँदै फाइनलनजिक पुगेको छ ।

प्रतियोगिता अन्तर्गत बिहीवार बैतडी र डडेल्धुरा भिड्नेछन् ।

जेठ २० गते शुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।
सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो ।

दुवै समूहबाट शीर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए ।

प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application