तीनवटा संसदीय समितिको बैठक आज बस्दै

samsad-bhawan

काठमाडौं / संघीय संसद्अन्तर्गत बुधबार तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

Advertisement:samsad-bhawan

विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सुशासन प्रवर्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामबारे छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारबाही, समस्या र भावी कार्ययोजनाबारे छलफल हुनेछ ।

यस्तै दिउँसो १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्व, कार्यान्वयनको अवस्थालगायत विषयमा छलफल हुनेछ। बैठकमा छलफलका लागि नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्षलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :