एम्बाप्पेले गरे मड्रिडसँग २०२९ सम्मको सम्झौता

Mbappe-left-psg

काठमाडौं / फ्रान्सका स्टार फुटबलर केलियन एम्बाप्पेले रियल मड्रिडसँग ‘फ्री ट्रान्सफरमा’ सम्झौता गरेका छन् ।

३० जुनमा पिएसजीसँगको सम्झौता सकिएपछि १ जुलाईबाट खुल्ने ट्रान्सफर विन्डोमा उनी औपचारिक रूपमा क्लबमा अनुबन्ध हुनेछन् ।

Advertisement:Mbappe-left-psg

एम्बाप्पेले क्लबसँग गत फेब्रुअरीमा नै अनुबन्ध हुने मौखिक सम्झौता गरेका थिए। उनले गत ‘मे’मा भने औपचारिक रूपमा सिजनको अन्तसँगै पिएसजी छोड्ने घोषणा गरेका थिए ।

२५ वर्षीय एमबाप्पे अब लालिगाको ट्रान्सफर विन्डो खुलेसँगै मड्रिड आउनेछन् । मड्रिडले सम्भवतः आगामी साता उनीसँगको सम्झौता सार्वजनिक गर्ने छ। युरोकप सुरु हुनुअघि उनलाई क्लबले औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

एम्बाप्पेले पिएसजीमा कीर्तिमान २ सय ५६ गोल गरेका छन् । उनी २०१७ मा मोनाकोबाट पिएसजी पुगेका थिए ।

उनले रियलसँग २०२९ सम्मको सम्झौता गरेका छन् । उनले हरेक सिजन १५ मिलियन युरो प्राप्त गर्दा बोनस स्वरूप पाँच वर्षमा १ सय ५० मिलियन युरो पाउने छन् । त्यसबाहेक इमेज राइट बापतको रकम समेत उनले प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस् :