ओलीको बजेटप्रति असन्तुष्टि : छलफल गरेको भए अझ राम्रो हुन्थ्यो

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको तर छलफल गरेको भए अझ राम्रो हुन्थ्यो भनेर टिप्पणी गरेका छन् ।
आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीले बजेटप्रति एमालेको असन्तुष्टि हो भन्ने प्रश्नको जवाफमा उनले असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’
उनको यस्तो भनाइले अर्थमन्त्री वर्षमान पुनले बजेट तर्जुमाका क्रममा सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेकपा एमालेसँग राम्रोसँग छलफल नगरेको रुपमा अर्थ्याइएको छ। उनको भनाइले बजेटप्रति एमालेको असन्तुष्टि घुमाउरो पारामा व्यक्त भएको टिप्पणी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस