क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

तातोखबर, काठमाडौं / आईसीसी टी-२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा क्यानडाले घरेलु टोली अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको छ।
डल्लासको ग्राण्ड प्रेरी मैदानमा सुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको क्यानडाले पूरै २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रन जोड्यो । उसका लागि नवनीत धालिवालले ६१ र निकोलस किर्तनले ५१ रनको अर्धसतकीय पारी खेले । त्यस्तै आरोन जोनसनले २३ तथा श्रयस मोभ्भाले ३२ रनको योगदान गरे ।
अमेरिकाका अली खान, हर्मित सिंह र कोरी एन्डर्सनले एक-एक विकेट लिए । अमेरिका केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ ।
वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ । वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो भने अमेरिकाले पहिलो मौका पाएको हो । प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन् । पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो ।
सहभागी २० टोलीमा सन् २०२२ को विश्वकपको शीर्ष आठ र टी-२० वरीयताको आधारमा दुई टोलीले सिधैं स्थान बनाउँदा अन्य ८ टोली क्षेत्रीय छनोटबाट स्थान बनाएका हुन्।
यस्तै वेस्ट इन्डिज र अमेरिका आयोजकको रूपमा सिधैं विश्वकप खेल्न पाएका हुन्। आयोजक अमेरिकासँगै क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्दैछन्। सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’मा रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस