भोलिदेखि आर्थिक वर्ष २०८१/०८२ को बजेट उपर छलफल शुरु

काठमाडौँ / भोलिदेखि आर्थिक वर्ष २०८१/०८२ को बजेट उपर छलफल शुरु हुने भएको छ ।
बिहान ११ बजे शुरु हुने प्रतिनिधिसभाको बैठक र दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलपछि वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ । यही जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेटमाथिको छलफलपछि अर्थमन्त्री पुनले जवाफ दिने र पारित गर्ने तयारी गरिएको छ ।
भोलिको राष्ट्रियसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले’लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ’मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ’सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची तय गरिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस