प्रधानमन्त्रीको एनसेलसँग कस्तो कनेक्शन छ हामी जान्न चाहन्छौँ : प्रभु शाह
काठमाडौँ / आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एनसेलको नवीकरण कानूनविपरीत हुन लागेको भन्दै एनसेल र प्रधानमन्त्रीबीचको सम्बन्धबारे जवाफ माग गरेका छन् । उनले एनसेल भागे कसले त्यसको जिम्मा कसले लिने भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका छन्।
मंगलवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहले सरकारले कानूनविपरित एनसेलको नवीकरण गर्न लागेको आरोप लगाएका हुन्।
‘ठूलाबडालाई एउटा कानून लाग्ने अनि सानालाई अर्को कानून लाग्ने हुन्छ? एनसेलले अर्बौं रुपैयाँ राजश्व रोकेर राखेको छ‚ सरकारलाई बुझाएको छैन‚’ उनले भने‚ ‘यदि त्यो पैसा उठेन भने विदेशी लगानीकर्ता भाग्यो भने त्यो राजस्व कसले दिने? प्रधानमन्त्रीले जिम्मा लिनु पर्छ कि पर्दैन?’
उनले करदाता कार्यालयले तोकिएको राजश्व नलिइकन सरकारले एनसेलको नवीकरण गर्ने निर्णय गरेको आरोप लगाए। उनले प्रधानमन्त्रीको एनसेलसँगको सम्बन्धबारे जान्न चाहेको बताए।
उनले आम जनताले आफ्नो संस्थालाई नवीकरण गर्नुपर्दा राजश्व छुट नपाइ जरिवाना गराउने गरिएको भन्दै ठूलाबडाका लागि अर्कै कानून लाग्ने हो भनि प्रश्नसमेत गरे।
‘कानुनविपरीत फेरि एनसेलको नवीकरण हुने भएछ। करदाता कार्यालयले तोकिएको राजश्व नलिइकन सरकारले किस्तामा राजश्व लिनेगरी नवीकरण गर्ने निर्णय गर्यो। यस्तो निर्णय तेस्रो पटक गर्यो‚’ उनले भने‚ ‘यो नवीकरण कुन कानूनअन्तर्गत रहेर गरियो प्रश्न गर्न चाहन्छु। प्रधानमन्त्रीको एनसेलसँग कस्तो कनेक्शन छ हामी जान्न चाहन्छौँ?’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै