मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने

तातोखबर, जनकपुरधाम/ मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनमत पार्टीको संयुक्त बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी केन्द्रका नेता भरतप्रसाद साहले जानकारी दिएका छन् ।
सहमतिमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ। सरकारमा यी तीन दलसँगै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख गरिएको छ ।
एक सय सात सदस्यीय प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका नौ, लोकतान्त्रिक समाजवादी पार्टीका आठ र एकीकृत समाजवादीका सात सांसद् रहेका छन् ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । यही जेठ २१ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ। साथै मुख्यमन्त्री यादवले यही जेठ २३ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस