काठमाडौँद्वारा ललितपुर ३१ रनले पराजित

तातोखबर, क्रिकेट / एनसिसी एस महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा ललितपुरलाई पराजित गर्दै काठमाडौँ विजयी भएको छ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ललितपुर ३१ रनले पराजित भएको हो।
काठमाडौँले प्रस्तुत गरेको १३१ रनको लक्ष्य ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९९ रनमा समेटियो र ३१ रनले पराजित भयो।
ललितपुरका लागि याशु पाण्डेले सर्वाधिक ३५ रनको योगदान दिइन् भने रेखा तामाङले अविजित १६ रन बनाइन्। साविका यादवले १६ रन बनाइन्।
काठमाडौँका लागि संस्कृति फुयाल, विपिशा शाही र एली यादवले समान १/१ विकेट लिन सफल भए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३० रनको योगफल बनाएको थियो। काठमाडौँका लागि अस्मिता खरेलले सर्वाधिक ३७ रनको योगदान दिइन्। कञ्चन श्रेष्ठले ३६ तथा एली यादवले अविजित १८ रन बनाए ।
ललितपुरका लागि मनिषा उपाध्याय र सम्भाव्या ढकालले १/१ विकेट लिए ।
मूलपानी क्रिकेट मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा भोलि भक्तपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस