नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दै

काठमाडौं / आईसीसी टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दैछ। नेपाल र क्यानडाबीचको खेल आज राति सवा नौं बजे अमेरिकाको डलासमा सुरु हुनेछ।
दुवै टोली वार्मअपमा जित निकालेर विश्वकपअघि राम्रो लयमा देखिन चाहन्छन्। क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास म्याच खेलेको थियो।
नेपालले उक्त अभ्यास खेलमा दुवै खेल जितेको थियो।। हालसम्म नेपाल र क्यानडाले एक टी–२० आईमा एकअर्काको सामना गरेका छन्। जसमा नेपाल विजयी भएको छ।
यी दुई टिमले पहिलोपटक २१ फेब्रुअरी २०२२ मा टी–२० आई खेलेका थिए, जसमा नेपाल ८ विकेटले विजयी भएको थियो। नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३ विकेट लिएर जम्मा १२ रनमात्र दिएका थिए। यद्यपि बलात्कार मुद्दा खेपेर सन्दीप अहिले टीममा छैनन्। उनले उच्च अदालत पाटनबाट सफाइ पाएपनि अमेरिकाले भिसा नदिँदा नेपालमै रोकिएका छन्।
आजको खेलमा नेपाली स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले खेल्ने सम्भावना न्यून छ। उनी अहिले खुट्टाको एंकलका चोटका कारण आराम गरिहरहेका छन्। ऐरीले क्यानडाविरुद्धको वार्मअप म्याच खेल्ने सम्भावनाबारे न्यून रहेको कप्तान रोहितकुमार पौडेलले बताएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस