सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाले समर्थन नगर्ने

Chitra-Bahadur-kc-rastriya-janamorcha

काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले सहकारी ठगीका व्यक्तिहरूलाई सरकारले पद जोगाउन मूख्य भूमिका खेलेको आरोप लगाएका छन्।

Advertisement:Chitra-Bahadur-kc-rastriya-janamorcha

उनले सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको बताए। उनले सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि बताए।

उनले भने<सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरूलाई सत्तापक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो। गणतन्त्रमाथिको आक्रमण हो। त्यसकारणले सत्ताधारीको जुन दुर्दशा छ, यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ। र यो नीति, कार्यक्रमलाई समर्थन गर्दैन। विरोध गर्छ।’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरूद्ध गर्दा पनि सभामुखले पेलेर बैठक सञ्चालन गरेका छन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application