कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

koshi-pradesh-shabha

काठमाडौं / कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस आजको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको हो ।

आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।

Advertisement:koshi-pradesh-shabha

प्रतिनिधि सभामा अवरोध हटेकाले प्रदेश सभाको बैठकमा सहभागी हुने उनले बताए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक कांग्रेसले बहिस्कार गरेको थियो ।

यस्तै आजको बैठकमा महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन-२०८१ प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application