सहकारी पीडितहरुको तेस्रो चरणको आन्दोलन आजदेखि शुरु

andolan-sahakari-pidit

जेठ ११, काठमाडौं / सहकारी पीडितहरुले देशका विभिन्न स्थानबाट तेस्रो चरणको आन्दोलन शुरु गर्ने भएका छन्। सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडित बचतकर्ताहरुले शुक्रबारदेखि आन्दोलन गर्न लागेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई लिएर माइतीघरमा बिहान ११ बजे सभा गर्दै बानेश्वरसम्म र्‍याली गर्ने भएको हो।

Advertisement:andolan-sahakari-pidit

माइतिघरमा आयोजना हुने सभामा मात्रै करिब ७ हजार पीडितहरु सहभागी हुने अनुमान महासंघको छ । त्यस्तै महासंघले चितवन, धरान, पोखरा र बारालगायतका स्थानमा समेत आन्दोलन गर्ने तयारी गरेको  छ।

महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताएका छन् । आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरे पनि अहिलेसम्म ती सम्झौता पालना नभएकोले तेस्रो पटक आन्दोलन गर्नु परेको उनले बताए।

हालका मन्त्री बलराम अधिकारीले पनि आफूहरूको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए पनि त्यसप्रति उत्तरदायी नबनेका  कारण संघर्षका कार्यक्रम गर्न लागेको अध्यक्ष केसीले बताए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application