कांग्रेसले गण्डकीमा आजको प्रदेश सभा बैठक बहिस्कार गर्ने

जेठ ११, काठमाडौं / नेपाली कांग्रेसले गण्डकीमा शुक्रबारको प्रदेश सभा बैठक बहिस्कार गर्ने भएको छ। बजेट छलफलका सन्दर्भमा बोलाइएको बैठक दिउँसो ३ बजे बस्ने छ।
मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म कांग्रेसले संसद बैठकमा सहभागीता नजनाउने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए।
मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा कांग्रेसको सहभागिता नरहने कांग्रेस संसदीय दलका प्रमुख सचेतक न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनले अदालतको आदेशविपरीतको काम गरे कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने बताए।
६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्नेमा मुख्यमन्त्री अधिकारीले ३० सांसदको समर्थन पाउँदा सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस