रुसको आप्रवासी छात्रावासमा आगलागी हुँदा आठजनाको मृत्यु

रुसको राजधानी मस्को नजिकैको एक गाउँमा आप्रवासी बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
रुसी राजधानीको उत्तरपश्चिममा रहेको इस्ट्रिन्स्की जिल्लामा बिहीबार दुईतले आवासीय भवनमा बिहान करिब चार बजे आगो लागेको हो । गाउँको छेउमा रहेको उक्त भवनबाट दुई जनाको उद्धार गरिएको तर आठ जनाको शव फेला परेको उद्धारकर्मीले बताए ।
‘अनुसन्धानकर्मीका अनुसार एक २३ वर्षीय व्यक्तिले उक्त घर भाडामा लिएका थिए, घरलाई पछि रुसमा दर्ता नगरिएका विदेशी नागरिकलाई भाडामा दिइएको थियो’, अभियोजकहरूले भनेका छन् ।
अग्निनियन्त्रकहरूले भित्ताका केही भाग भत्किएको भवनमा धुवाँ उडिरहेको भग्नावशेषलाई अवलोकन गरिरहेको भिडियोमा देखाइएको छ ।
अवैध आप्रवासनलाई रोक्ने आधिकारिक प्रयासका बाबजुद कानूनी हैसियतबिना हजारौँ विदेशी रुसमा बस्ने गरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस