रूसको धम्की पछि युक्रेनी संसद्को बैठक स्थगित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्चिमा मुलुकलाई चेतावनी दिएपछि रूसी क्षेप्यास्त्र आक्रमण हुन सक्ने भन्दै किएभले शुक्रबार संसद् बैठक स्थगित गरेको छ।
मस्कोले युक्रेनमाथि ३३ महिना लामो आक्रमणपछि यसै साता निप्रो शहरमा आणविक क्षमताको मध्यम दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेसँगै तनाव थप बढेको हो।
शुक्रबार पुटिनले पश्चिमा मुलुकमाथि आक्रमण गर्ने धम्की दिँदै आफू जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहेको बताएको सम्बोधनलाई संयुक्त राज्य अमेरिकामा बुझिएको क्रेमलिनले बताएको छ।
अमेरिका र बेलायतले किएभलाई रूसी भूमिमा आक्रमण गर्न अनुमति दिएका देशहरूमाथि आक्रमण गर्ने अधिकार मस्कोसँग सुरक्षित रहेको पुटिनले बताएका थिए।
नेटो र युक्रेनी अधिकारीहरूले ब्रसेल्समा मङ्गलबार बैठक गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतहरूले एएफपीलाई बताएका छन्।
रूसी ड्रोन र क्षेप्यास्त्रको निशानामा पर्ने आक्रमणको त्रासमा किएभस्थित युक्रेनी संसद्ले सरकारलाई शुक्रबार सोध्ने भनिएको सामान्य प्रश्नहरूको कार्यक्रमलाई रद्द गरेको छ।
किएभको मध्य क्षेत्रमा रहेको संसद्सँगै राष्ट्रपति, केन्द्रीय बैंक र अन्य सरकारी भवनहरू छन्। राजधानीका अन्य भागको तुलनामा यो अहिलेसम्म बम विस्फोटबाट जोगिएको छ र पहुँचलाई सेनाले कडाइका साथ नियन्त्रण गरेको छ।
केही सांसदले आफूले टाढाबाट काम गरिरहेको र शुक्रबारको संसद् बैठक स्थगित गरिएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस