डेल्टा कम्प्लेक्स आगलागी : ५० करोड क्षति भएको प्रारम्भिक अनुमान

बुटवल, तातोखबर / बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ भने आगलागीबाट ५० करोड बढीको क्षति भएको अनुमान गरिएको छ। बिहीबार साँझ लागेको आगो राति २ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आए पनि सबै सामान तथा भवन जलेर नष्ट भएका पाठकले बताए।
मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ ६ः३० बजेदेखि आगलागी सुरु भएको र करिब आठ घण्टापछि निभाइएको थियो। ओम कम्प्लेक्समा स्टेसनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा पसल, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको व्यवसाय सञ्चालनमा थिए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले कम्प्लेक्समा सञ्चालित सम्पूर्ण पसलमा रहेका सामानमा क्षति भएको बताए। पण्डितका अनुसार मोटरग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिए पनि कम्प्लेक्स भने पूर्णरुपमा ध्वस्त भएको छ।
आगलागी नियन्त्रणधका लागि बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगङ्गा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका १३ बारुणयन्त्र परिचालन गरिएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस