बागमतीमा सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मा रमा आले मगर लाई

हेटौंडा / बागमती प्रदेशको युवा तथा खेलकुदमन्त्रीको जिम्वेवारी रमा आले मगरले पाएकी छन् । गत १९ चैतमा विनाविभागीय मन्त्री नियुक्त आलेले ४९ औँ दिनमा कार्यभार सम्हालेकी हुन् ।
हेटौंडा-६ गौरीटारस्थित प्रदेश खेलकुद परिषद्को प्रांगणमा रहेको युवा तथा खेलकुद मन्त्रालयमा आइतबार दिउँसो २:३० बजे मन्त्री आलेलाई स्वागत गरिएसँगै उनले कार्यभार सम्हालेकी हुन् ।
कार्यभारसँगै मन्त्री आलेले आगामी दिनमा खेलकुदका लागि तयार भएको पूर्वाधार र पर्यटनलाई सँगै लगेर काम गर्ने निर्णय गरेको बताएकी छिन् ।
सत्ता गठबन्धनसँगै नेकपा एकीकृत समाजवादीकी नेतृ आले चैतमै मन्त्री बने पनि कुनै मन्त्रालय नभएपछि उनलाई विनाविभागीय मन्त्री बनाइएको थियो। उनलाई जिम्मेवारी दिन माओवादी नेतृ कुमारी मोक्तानले सम्हालिरहेको सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो ।
भाडाको घरमा मन्त्रालय राख्न मन नलागेकाले सरकारले लगानी गरेको ठाउँलाई उपयोग गर्न मन्त्रालय गौरीटारमै राखिएको उनले बताइन् । ‘युवा तथा खेलकुदका क्षेत्रमा सरोकारवालासँग सहकार्य गरेर अघि बढ्नेछु। नीति तथा योजना सँगै अघि बढेर बागमती प्रदेशको खेलकुद तथा युवा विकासलाई गतिमा लग्ने प्रयत्न गर्नेछु’, उनले भनिन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस